प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् । कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।