काठमाडौँ : ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उहाँले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताउनु भयो । चीन भ्रमणमा आफूले चीनको विभिन्न रहन सहन र मानिसहरुसँग खुशी साटासाट गर्न पाएको बताउनु भयो । चिनियाँ नागरिकहरुसँग आफूले आनन्दको महशुस गरेको बतानउु भयो ।
रोङजियाङमा आफ्नो बसाइको क्रममा, काकाले काउन्टीका प्राथमिक विद्यालयका विद्यार्थीहरूको खेल पनि हेर्नुभएको थियो ।