बेकोको दशैं–तिहार अफर : उपहार र ४१ हजारसम्मको बचत

काठमाडौं: युरोपको प्रतिष्ठित होम एप्लायन्स ब्रान्ड बेकोले दशैं–तिहारको अवसरमा उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक तथा भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

बेकोका उत्पादनमा १०० प्रतिशत पार्ट्स उपलब्धता, सेवा ग्यारेन्टी तथा १२ वर्षसम्मको वारेन्टी सुविधा रहने कम्पनीले जनाएको छ । साथै, ब्लुटुथ कनेक्शनसहितका स्मार्ट उपकरणहरूले उपभोक्ताको दैनिकीलाई अझ सहज र रमाइलो बनाउन मद्दत गर्नेछन् ।

यस योजना अनुसार—

  • वासिङ मेसिनमा ६ केजी एरियल

  • डिस वासरमा २ प्याकेट ट्याबलेट

  • रेफ्रिजेरेटरमा क्यास ब्याक र मायाडियाको फ्यान हिटर

  • फ्रि स्ट्यान्डिङ ओभनमा सीजीको प्रेसर कुकर

  • एयर कन्डिस्नरमा निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ ।

अफरलाई नेपालभरका सीजी इलेक्ट्रोनिक्सका शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ । साथै, ग्राहकहरूको सुविधा लागि ईएमआई र एक्सचेन्ज योजनाहरू समेत लागू गरिएको छ ।

यो अफर भाद्र १९ गतेदेखि लागू भई देशभरका सबै सीजी शोरुम तथा आधिकारिक विक्रेतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Comments (0)
Add Comment