काठमाडौँ : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि आन्दोलनरत शिक्षकहरू र प्रहरीबीच आज झडप भएको छ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताएका छन्। स्थिति अहिले नियन्त्रणमा रहेको र कुनै अप्रिय घटना नभएको जनाइएको छ। शिक्षकहरूले सरकारसँगको बार्ता विफल भएपछि बिहानैदेखि नयाँ बानेश्वर–माइतीघर सडक अवरुद्ध गरेका थिए।