बाजुरा बुडिगंगा नगरपालिका ७ को वडा कार्यलयमा तालाबन्दी स्थानीयबासि आक्रोशित

बाजुरी : बुडिगंग नगरपालिका वडा न: ७ मा बिगत एक बर्ष देखि स्थानीय सचीव नहुदा यस वडाका जनताले समान्य भन्दा सामन्य काम जस्तै जन्म दर्ता र मृत्यु दर्ता,बिहे दर्ता जस्ता अन्य वडाबाट हुने काम र सिफारिस बाट बन्चित भएका छन। लामो समय देखि बुडिगंगा नगरपालिका राजनीति खिचातानीको खेल मैदान भएको हुदा स्थानीय जनता ( सेवाग्राही)ले सास्ती भोग्नु परेको छ । बिशेष गरि बुडिगंगा नगरपालिकाको वडा न: ७ मा सचिब आउने बस्न नमान्नुको कारण के ? नगरपालिका बाट पनि यस्को बेवास्ता हुनुको कारण के ? र कस्को कमजोरी समान्य सिफारिस र अन्य कार्यका लागी कोसौं टाडा जानुपर्ने बाध्यता स्थानीय जनतालाई कहिले सम्म ? जस्ता अनेकौ प्रश्न अनुत्तरित छन ।

बिगत लामो समय देखि स्थानीय बासिले सबै तिर गुहार माग्दा पनि कसैको चासो पुगेको छैन तेसै कारण यहिले स्थानीय बासी आक्रोशीत छन । कतै बाट काम हुन आसा नदेखेपछी अहिले स्थानियबासीले बुडिगंगा नगरपालिका ७ को वडा कार्यलयमा तालाबन्दी गरेका छन। अब नगर प्रमुख र वडा अध्यक्षले स्थानीय बासिले भोग्नु परेको सास्तीको बिषयमा कस्तो भुमिका खेल्छन हेर्न भने बाकी नै छ ।

Comments (0)
Add Comment