काठमाडौँ: म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।
अत्यधिक पानी परेपछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठ वटा पाइपसमेत बगाएको छ ।अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ ।
यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए ।