बाँकेमा बाघ र चितुवाको गतिविधि क्यामरामा कैद

काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोर क्षेत्रमा राखिएका क्यामरामा बाघ र चितुवाको गतिविधि कैद भएको छ। निकुञ्जका ७० स्थानमा १६९ क्यामेरा र करिडोरमा ९५ क्यामेरा राखिएको थियो। करिब ८० दिनको अवलोकनपछि बाघ र चितुवाको उपस्थिति पुष्टि भएको छ।

निकुञ्जका सूचना अधिकारीका अनुसार यो अध्ययन बाघ र त्यसका आहार जीवको अवस्था बुझ्न गरिएको हो, र विस्तृत विश्लेषणपछि वास्तविक तथ्यांक सार्वजनिक गरिनेछ। यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको पाइएको थियो। साथै, निकुञ्जमा दुर्लभसहित विभिन्न ३४ किसिमका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका चराचुरुंगी, २४ घस्रने जीव र ५५ भन्दा बढी प्रजातिका माछा पाइने जनाइएको छ।

Comments (0)
Add Comment