काठमाडौँ : बर्षौ देखि बिभिन्न बहाना देखाउदै सुदुरपश्चिमका बिकट जिल्ला अछाम बाजुरा लगायत जोड्ने सेती लोकमार्गको निर्माण काम रोकिदै आएको थियो। देशमा जब जेन्जी आन्दोलनले सफलता पायो र युवा शक्ति जुरमुरायो। तेस्तै लामो समयदेखि सामाजिक राजनीतिक बिकृति बिरुद्द दरो खरो लड्ने सुदुरका चर्चित युवा हेमराज थापाको चासो सेती लोकमार्गा तर्फ सोजियो। केहि हप्ताको अध्याय पश्चात एउटा बिज्ञप्ति सहित सुदुरका सयौ युवा बोकेर मंत्री कुलमान घिसिङ्गलाई अल्टिमेटम सहित बिज्ञप्ति बुझाउन मन्त्रालय छिरे ,तेही अबसरमा मंत्री कुलमान घिसिङ्गले बाचा पनि गरेका थिए। सो बाचा र हेमराज थापाको पहलमा अहिले सेती लोकमार्ग निर्मानाकालागी ९३ करोड बजेट बिनियोजन भएको छ।