बढ्दै विद्युतीय सवारी, न्यून पूर्वाधार

काठमाडौँ : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न दिएको सुविधा प्रत्युत्पादक बन्दै गएको छ । खनिज इन्धनबाट चल्ने सवारीलाई पाखा लगाउँदै विद्युतीय सवारीको प्रयोग नीतिलाई राज्यले प्रोत्साहन गर्दै आएको छ । यही नीति नेपालका लागि बिस्तारै प्रत्युत्पादक बन्दै गएको हो ।चालु आर्थिक वर्षको मंसिरसम्म ३ हजार ६ सय ८६ निजी विद्युतीय सवारी आयात हुँदा गत वर्ष सोही अवधिमा १ हजार ३ सय ५३ वटा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

राज्यको नीतिमार्फत नै २०० प्रतिशतसम्म भन्सार छुट पाउन थालेपछि नेपालमा विदेशी विद्युतीय सवारीको बाढी आएको छ । चिनियाँ कम्पनीहरू च्याउसरी यतिबेला नेपाली बजारमा आउने र हराउने गरिरहेका छन् । चिनियाँ ब्राण्डका विद्युतीय सवारी साधनको संख्या दर्जन हाराहारी पुगिसक्यो । जसले नेपाल विदेशी कम्पनीको परीक्षण केन्द्रका रूपमा विकास भइरहेको छ ।

यसबाहेक भविष्यमा विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा ठुलै टाउको दुखाउनुपर्ने देखिन्छ । २०० प्रतिशतसम्म कर छुट दिँदा पनि डिजेल÷पेट्रोल गाडीकै हाराहारी विद्युतीय सवारीको मूल्य पर्न आउँछ भने उपभोक्ताले सहुलियतको महसुससमेत गर्न पाएका छैनन् । यस्तै उत्पादन लागत नै महँगो पर्दा नेपालबाट डिजेल÷पेट्रोल सवारीको तुलनामा बढी रकम विदेशिँदै आइरहेको छ ।

Comments (0)
Add Comment