काठमाडौँ : हिमालयन डिस्टिलरी लिमिटेडले निकै प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ आधिकारिक रूपमा बजारमा उपलब्ध गराएको छ। सुरुवाती चरणमा यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रमुख स्टोरहरूमा मात्र पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘श्लोक’ उत्कृष्ट शिल्पकला र परिष्कृत स्वादको संयोजन हो। क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यस ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी नोटहरूको सन्तुलित मिश्रण अनुभव गर्न सकिन्छ। परम्परा र आधुनिकताबीचको सुन्दर मेल यसमा झल्किने कम्पनीको दाबी छ।
श्लोक तयार हुन करिब पाँच वर्ष लागेको र ४ सयभन्दा बढी नमुनाको परीक्षण पश्चात् अन्तिम स्वाद चयन गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ‘श्लोक’ केवल एउटा पेय मात्र होइन, प्रत्येक सिपसँग फर्किने कथा, अनुभव र उत्कृष्टताको भाव हो।
यो ह्विस्की ७५० मि.ली., १८० मि.ली. र ९० मि.ली. गरी तीन साइजमा उपलब्ध छ। तीनै साइजको मूल्य क्रमशः २,८६० रुपैयाँ, ७१५ रुपैयाँ र ३६० रुपैयाँ तोकिएको छ।
कम्पनीले श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा आएपछि नेपालको प्रिमियम ह्विस्की क्षेत्रलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय स्तरको स्वाद खोज्ने नेपाली उपभोक्तालाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीले भनेको छ— “हरेक पललाई विशेष बनाऔं, किनभने ‘श्लोक’को प्रत्येक थोपामा एक मिठो कथा छ।”