फ्रान्समा अति दक्षिणपन्थीहरूको बिरोधमा प्रदर्शन

काठमाडौँ: प्रहरीका अनुसार पेरिसमा ७५ हजारसहित फ्रान्समा कुल २ लाख ५० हजार मानिस सडकमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । अति दक्षिणपन्थीहरूको बिरोधमा यो संख्या बिरोध प्रदर्शनमाउ उत्रिएको हो । प्रदर्शनबाट ९ जनालाई पक्राउ गरिएको थियो । राष्ट्रिय सभामा ला फ्रान्स इन्सौमिसे समूहका निःवर्तमान प्रमुख माथिल्डेले पानोटले पेरिसमा मतदाताहरूलाई विधायी चुनावमा परिचालन गर्न आह्वान गर्नुभयो । फ्रान्सका पूर्व राष्ट्रपति फ्राँस्वा ओलान्डले कोरेजमा उम्मेदवारको रूपमा विधान सभाको चुनावमा भाग लिने बताउनु भयो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत आईतवार २०२४ को युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको पराजयपछि राष्ट्रिय सभा विघटन गर्ने घोषणा गरेका थिए । २०२४ को युरोपेली संसदीय चुनावमा म्याक्रोनको पुनर्जागरण पार्टीले १४.६ प्रतिशत मत प्राप्त ग¥यो । जुन ३१.३७ प्रतिशत प्राप्त गरेको अति दक्षिणपन्थी राष्ट्रिय ¥यालीभन्दा धेरै पछाडि थियो । जुन ३० र जुलाई ७ मा हुने व्यवस्थापिका संसदको निर्वाचनअघिको पछिल्लो मत सर्वेक्षणअनुसार राष्ट्रपतिको पुनर्जागरण पार्टीले पहिलो चरणमा १८ दशमलव ५ प्रतिशत मात्र पपुलर फ्रन्ट र राष्ट्रिय जुलुसले २९ दशमलव ५ प्रतिशत मत ल्याएको थियो ।

Comments (0)
Add Comment