प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घट्यो

काठमाडौँ : साताको दोस्रो कारोबार दिन, सोमबार, प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घट्दै २६१०.४५ विन्दुमा पुगेको छ।

 

यस सेसनमा ३३ कम्पनीका ११६३ कित्ता सेयर खरिदबिक्री भए, जसको कुल मूल्य ६ लाख रुपैयाँभन्दा बढी रह्यो। कुल ३९ वटा कारोबार भएको यस सेसनमा १० कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको मूल्य घटेको छ।

Comments (0)
Add Comment