काठमाडौँ:नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालले जानकाररी दिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई पठाइएको छ । सर्वोच्च अदालत सुरक्षा कार्यालयमा विनोद सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ ।कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय सुर्खेत काज सरुवा गरिएको छ ।
यस्तै, शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी थापालाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र एसपी योगीलाई उदयपुर काजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।