प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौँ :  प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले हस्पिटलका सम्पूर्ण शाखाहरूमा क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
Comments (0)
Add Comment