काठमाडौं: राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन् ।
पार्टीको हिजो समापन भएको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिङ्देनले यस्तो जवाफ दिएका हुन् ।उनले मन्त्री, उपप्रधानमन्त्रीमात्रै नभएर प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि आफू सरकारमा नजाने स्पष्ट पारेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । लिङ्देनको तस्विर सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्–‘“मन्त्री, उपप्रधानमन्त्रीको त के कुरा, प्रधानमन्त्री नै बन्ने अवसर आएछ भने पनि संसदको यो कार्यकालमा म सरकारमा जान्न”( राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रत्युत्तर सम्बोधनको क्रममा ।