प्रधानमन्त्री ओलीको आरोप: प्रतिपक्षीहरू सरकार बदनाम गर्न र झुट फैलाउन सक्रिय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरूलाई सरकारलाई बदनाम गराउन र झुट फैलाउन सक्रिय रहेको आरोप लगाएका छन्।

 

 

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल र खुसी नेपालीको राष्ट्रिय आकांक्षालाई विफल पार्न केही समूहहरू लागिपरेको बताए। ओलीले वैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि हाल त्यसो नभएको दाबी गरे।

Comments (0)
Add Comment