प्रदेश लोक सेवा आयोगले टेरेन संसदीय समितिलाई

काठमाडौँ: बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले संसदीय समितिलाई अटेर गर्दै आएको छ । आयोगको क्रियाकलापमाथि छलफलका लागि संसदीय समितिले पत्राचार गर्दा आयोगले बेवास्ता गरेको हो ।आयोगले समयसीमाभित्र संसदीय समितिलाई वार्षिक प्रतिवेदन पेस नगर्ने, छलफलमा उपस्थित नहुने, निर्देशन र सुझाव कार्यान्वयन नगर्ने गरेको हो । साउन १६ गते बुधबार बसेको प्रदेश मामिला समितिको बैठकमा प्रदेश लोक सेवा आयोगको चौथो प्रतिवेदनमाथि छलफल हुने कार्यसूची थियो । सोही अनुसार आयोगमा पत्राचार गरिए पनि आयोगका पदाधिकारी संसदीय समितिको बैठकमा उपस्थित भएनन् ।मितिका सभापति छिरिङ दोर्जे लामाले आयोगबाट कर्मचारी प्रतिनिधिमात्र भए पनि बोलाउन निर्देशन गरेपछि २ अधिकृत उपस्थित भएका थिए । ती कर्मचारी प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले फोन गरेपछि बैठकमा सहभागी हुन पुगेका थिए ।

Comments (0)
Add Comment