प्रतिनिधिसभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिन मन्त्री तयारीमा

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ। साथै बैठकमा मन्त्रालयगत प्रश्नोत्तर सत्र सञ्चालन हुनेछ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने छन्।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Comments (0)
Add Comment