काठमाडौं : संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभा बैठकहरूको तालिका सार्वजनिक गरेको छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार, चैत ३, ४, ६, ७, १३, १४, र १५ गते गरी ७ दिन बैठक बस्नेछ।
चैत ३ गतेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।