काठमाडौँ:मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन्। बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन्। सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्वाध सञ्चालन भइरहेका छन्।
यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए।नयाँ बस संचालनको अनुमति दिएको भन्दै पोखरा नगर बस संचालक समितिले यसरी विभिन्न ठाउँमा विरोधस्वरुप अबरोध पुर्याएको हो । पोखरा नगर बस संचालक समिति आबद्ध व्यक्तिले विन्ध्यबासिनी यातायातका गाडीसमेत शुक्रबार फुटाएका थिए ।
पृथ्बीचोकमा ग १ ख ५९७३ नम्बरको बसको सिसा फुटाइएको छ । बस सञ्चालनमा अबरोध गर्ने चार जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । ३ जना वडा प्रहरी कार्यालय बैदाम र १ लाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।