पूर्व राज्यमन्त्री रायको हत्या

काठमाडौं: सर्लाहीमा आइतबार राति भएको पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) खटिएको छ।

सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि टोली पठाएको छ। शरीरमा धारिलो हतियार प्रहार भएको अवस्थामा राय आफ्नै घरमा मृत भेटिएका थिए।

परिवारसँग काठमाडौं बस्दै आएका राय जिल्लास्थित घरमा गएको बेला उनको हत्या भएको थियो। प्रहरीले रायको घरमा बस्दै आएका २१ वर्षीय राम उदेन रायलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Comments (0)
Add Comment