काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह आज आफ्नो ७९ औं जन्मदिन मनाउँदैछन्। जन्मदिनको अवसरमा राजतन्त्र समर्थकदेखि सर्वसाधारणसम्मले उनलाई शुभकामना तथा बधाई दिइरहेका छन्।
वि.सं. २००४ साल असार २३ गते नारायणहिटी दरबारमा जन्मिएका शाहको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभेच्छुकहरूको ओइरो लागेको छ।
निर्मल निवास बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शुभेच्छुकहरूका लागि खुला राखिएको छ। पूर्वराजाको जन्मोत्सवमा उपस्थित भएर धेरैले भेटघाट र शुभकामना आदान–प्रदान गरिरहेका छन्।