काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले खुलासा गरेका छन् कि पार्टी स्थापना अघि सभापति रवि लामिछानेले राजतन्त्रको समर्थन गर्ने सोच बनाएका थिए।
यस क्रममा, लामिछानेले पूर्व राजा ज्ञानेन्द्र शाहसँग झापामा भेटघाट गरेका थिए। ढकालका अनुसार, लामिछानेले राजतन्त्रलाई समेटेर अघि बढ्ने योजना बनाएका थिए, तर ज्ञानेन्द्रबाट सकारात्मक प्रतिक्रिया नआएपछि गणतन्त्रको आधारमा पार्टी स्थापना गर्ने निर्णय गरिएको थियो।