काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलको सबै केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल गरेका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले पार्टीको हालसम्मको प्रगतिको बारेमा जानकारी लिएका हुन् ।
रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग छन् । सभापति लामिछानेले हालसम्मको प्रगति विवरण छलफल र आगामी योजनासम्बन्धी जानकारी लिएको जनाइएको छ ।