काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार भएको थियो ।नी अहिले हल्का बोल्न र झोलिलो पदर्थ पिउन सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले बताएको छ । उनको मेरुदण्डको अप्रेसन गर्नुपर्ने बताइएको छ । साथै, पाइलट शाक्यको स्वास्थ्यमा रहेको थप जटिलता पहिचानका लागि आज एमआरआई गर्ने तयारी रहेको छ ।