काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम नै भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।
बम विस्फोटबाट भन्नु हुने हो कि नहुने हो ? यहाँ अन्योल भएको छ । तर वम विस्पोर्टबाट दुई बालबालिकाको निधन भयो । प्रधानमन्त्री ओलीले भने,‘उनका परिवारलाई पाँच लाख दिने सरकारले निर्णय गरेको छ । घाइतेको नि:शुल्क उपचार हुन्छ ।’
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको गाडागाड १३ भदैमा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको मृत्यु भएको थियो ।