पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग

काठमाडौँ: रौतहट – नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा पहिरो गएर बेपत्ता भएका परिवारलाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

दुर्घटनामा पौडेर बाँच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

मेयर जैसवालले समस्यामा परेका परिवारको स्वास्थ्य उपचार लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यादवले बसको क्याबिनबाट हाम फालेर आफ्नो ज्यान जोगाएपनि उनको परिवारको चार जना सदस्य बेपत्ता भएका छन्।

त्यस्तै परोहा नगरपालिकाका मेयर शेख वकीलले नगरक्षेत्र अन्तर्गतका पहिरोमा बेपत्ता तीन परिवारलाई नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

Comments (0)
Add Comment