पशुपति कोटिहोम महायज्ञमा विश्व प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज आउदै

नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुने भएका छन ।
वाचक अनिरुद्धाचार्य जी महाराजले पशुपतिनाथ मन्दिरको दर्शन सँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन । महाराजको स–परिवार सहित नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता रहने गर्दछ । सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखौ व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । उनको मुखारविन्दबाट भागवत कथा प्रवचन कथा सुन्नको लागि धेरै ठाउमा भक्तजनहरु ५–६ घण्टा पहिले नै प्रतिक्षामा बस्ने गर्दछन ।

Comments (0)
Add Comment