न्युरोडमा अव्यवस्थित पार्किङको समस्या

काठमाडौ:  महानगरपालिकाले सडकमै पार्किङको स्वीकृति दिंदा राजधानीको यातायात थप अस्तव्यस्त भएको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरूमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । ट्राफिक प्रहरीले अव्यवस्थित फुटपाथ भत्काएर सडक फराकिलो बनाए पनि सडकको पार्किङ भने हटाउन सकेको छैन । महानगरले सहकार्य नगरी सडकमा पार्किङको स्वीकृति दिने गरेको ट्राफिकको गुनासो छ ।
राजधानीको व्यस्त बजार क्षेत्रमा सडकको आधाभन्दा बढी भाग पार्किङले ओगटेका छन् । ‘कालोपत्रे गरेको सडक सवारी गुडाउनका लागि हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी गणेशराज राईले भने, ‘पार्किङका लागि होइन ।’ यसले सवारी आवागमन मात्रै नभई सर्वसाधारण हिंड्नसमेत समस्या भएको उनले बताए ।

 

न्युरोड क्षेत्र, खिचापोखरी, जुद्ध सालिक उत्तर-दक्षण्िा, दरबारमार्ग, महाबौद्धलगायतका क्षेत्रमा सडकमै पार्किङले समस्या भएको महाशाखाका प्रवक्ता एवं जगतमान श्रेष्ठले बताए । ‘सवारी बढी ओहोरदोहोर हुने स्थानमै महानगरले पार्किङको स्वीकृति दिने गरेको छ,’ उनले भने ।
स्थानीय स्वायत्त नियमावलीमा नगरपालिका आफैंले पार्किङस्थलको विकास गरेमात्र तोकिएको शुल्क उठाउन पाउँछ । ठाउँको विकास नगरे शुल्क उठाउन पाइँदैन । उपत्यकामा नगरपालिका आफैंले बनाएको पार्किङस्थल कतै छैन । नियमअनुसार नगरपालिकाले पैसा उठाउन नपाउने भए पनि वर्षौं अघिदेखि सार्वजनिक ठाउँमा सवारी साधन पार्किङ

गरेबापत सर्वसाधारणसँग शुल्क असुल्दै आएको छ ।
महानगरको केन्द्रीय कार्यालय र वडा कार्यालयबाट टेन्डर आह्वान गरेर पार्किङस्थल ठेक्कामा दिने गरिन्छ । चारपांग्रे र दुईपांग्रे सवारी साधन कति अट्छन् भन्ने अनुमानका आधारमा टेन्डर लिने गरेको छ । ठेक्का पार्ने पनि सधैंजसो एकैजना हुन्छन् । अर्का व्यक्तिलाई त्यस ठाउँमा प्रवेशमा समेत रोक लगाइएको हुन्छ ।

Comments (0)
Add Comment