काठमाडौँ : प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो । प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ भने कम्तिमा बैंक,बीमा र मार्केटिङ क्षेत्रमा १० वर्ष काम गरेको समेत हुनु पर्नेछ । उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर पदका लागि पनि कम्तिमा स्नातक तह उत्र्तीण गरेको र कार्यानुभव हासिल गरेको हुनु पर्नेछ । यस्तै सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि स्नातक वा १२ कक्षा उर्तीण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित मितिले ७ दिनभित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।