नेप्से ४.६३ अंकले बढ्यो , ४ अर्ब ६० करोडको कारोबार

काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से परिसूचकमा ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ बिन्दुमा बजार बन्द भएको हो । आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर बढ्दा ५ को घटेको छ भने कारोबार भएका १५६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ७७ कम्पनीको मूल्य घटेको छ ।

यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको ९४ लाख २४ हजार ९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ ।

Comments (0)
Add Comment