नेप्से ११.६४ अंकले घट्यो

काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २,६९९.८१ मा पुगेको छ।

 

यस दिन ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ।

बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएका छन्। विशेषगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरमा नकारात्मक सर्किट लागेको छ।

Comments (0)
Add Comment