नेपाल र सिंगापुरबीच मैत्रीपूर्ण फुटबल खेल आज, प्रशिक्षक म्याट रोसको पहिलो परीक्षा

काठमाडौँ : नेपालले आज (शुक्रबार) सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ। खेल सिंगापुरको नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

 

 

 

यो खेल नेपाली फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसको पहिलो प्रतिस्पर्धा हो। उनले गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ, र फरवार्ड सुवास बम ठकुरीलाई नयाँ खेलाडीका रूपमा टोलीमा समेटेका छन्।

नेपालले मैत्रीपूर्ण खेलपछि मंगलबार एएफसी कप छनोट अन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, मलेसिया, भियतनाम, र लाओस समूह एफमा छन्।

Comments (0)
Add Comment