नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन् ।केन्द्रीय बैंकका अनुसार सहायक निर्देशक पदका लागि न्यूनतम योग्यता अर्थशास्त्र, वाणिज्यशास्त्र वा जनप्रशासन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । अधिकृत द्वितीय स्तरको सहायक पदमा प्लसटु पास गरेकाले पनि आवेदन दिन सक्नेछन् ।