काठमाडौँ : नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ बीच सम्झौता भएको छ, जसअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले उक्त क्लिनिकबाट कोरियन प्रविधिबाट प्रदान गरिने सौन्दर्यसम्बन्धी (aesthetic) उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इनका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन्।