नेपाली बजारमा सुनको मूल्य कीर्तिमान तोड्दै, एक तोलाको दर १ लाख ९७ हजार नाघ्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार मात्र सुनको मूल्य प्रतितोला ४,२०० रुपैयाँले बढ्दै १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन यो दर १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

 

 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अहिले एक तोला चाँदीको मूल्य २,१६५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २,१५० रुपैयाँभन्दा १५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३,४२७ अमेरिकी डलर पुगेको उल्लेख गरिएको छ।

Comments (0)
Add Comment