काठमाडौँ : नेपाली बजारमा जापानी प्रिमियम ब्रान्ड योनेक्सका नक्कली सामग्रीहरू व्यापक रूपमा बिक्री भइरहेको पाइएको छ। भारत, चीन लगायतका देशहरूबाट अवैध रूपमा आयात गरिएका यी नक्कली सामग्रीहरूमा कम्पनीको लोगो, ट्याग र डिजाइन हुबहु नक्कल गरिएका छन्, जसले उपभोक्ताहरूलाई ठग्न सजिलो बनाएको छ।
सक्कली योनेक्स सामग्री चिन्ने तरिका:
होलोग्राम स्टिकर: सक्कली योनेक्स सामग्रीमा विशेष गोंद प्रयोग गरिएको होलोग्राम स्टिकर हुन्छ, जुन सजिलै नखुल्ने हुन्छ। नक्कली सामग्रीमा यो स्टिकर सजिलै निकाल्न सकिन्छ।
सिरियल नम्बर: सक्कली र्याकेटमा सट र कोनमा लेजरले खोपिएको सिरियल नम्बर हुन्छ, जुन नक्कलीमा प्रिन्ट गरिएको मात्र हुन्छ।
बट क्यापको रङ: सक्कली र्याकेटको बट क्यापमा विशेष हरियो रङ हुन्छ, जबकि नक्कलीमा यो रङ फरक हुन सक्छ।
लोगो र टाइपोग्राफी: सक्कली योनेक्स लोगो स्पष्ट र सन्तुलित हुन्छ, जबकि नक्कलीमा अक्षरहरू असन्तुलित र अस्पष्ट हुन सक्छन्। विशेष गरी ‘O’ अक्षरको आकार फरक देखिन्छ।
Sunrise Authenticator: Sunrise कम्पनीले प्रदान गरेको QR कोड स्क्यान गरेर वा स्क्र्याच कोड प्रविष्ट गरेर सामग्रीको सक्कलीपन पुष्टि गर्न सकिन्छ।