नेपालमै पहिलो पटक घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल

काठमाडौं : नेपालमा पहिलो पटक न्युरो इन्टरभेन्सन प्रविधिमार्फत घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल भएको छ।

पाटन अस्पतालमा गरिएको यो उपचारले मस्तिष्क पक्षघात पीडितका लागि नयाँ आशा दिएको छ। अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलका अनुसार केही दिनअघि एक पुरुष बिरामीको सफल उपचार गरिएको हो।

‘यो नेपालमै पहिलो पटक गरिएको प्रविधि हो,’ डा. पौडेलले सेतोपाटीसँग भने, ‘घाँटीबाट तार छिराएर मस्तिष्कसम्म पुर्‍याइने यो तरिकाबाट टाउको चिर्नु नपर्ने भएकाले बिरामीलाई न्यून पिडा हुन्छ।’

उनका अनुसार यस्तो उपचार गर्दा अस्पताल बसाइ पनि कम हुने र खर्च पनि घट्ने भएकाले यो प्रविधि नेपालजस्ता देशहरूका लागि प्रभावकारी मानिन्छ।

डा. पौडेलले यो प्रविधिको विस्तार भविष्यमा अन्य अस्पतालहरूमा पनि हुने विश्वास व्यक्त गरेका छन्।

Comments (0)
Add Comment