नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौं:  त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।

 

 

नेदरल्यान्ड्सकी राविन रिकेले सर्वाधिक ५९ रन बनाइन् । अविजित रहेकी रेकीले ४८ बलमा आठ चौका प्रहार गरिन् ।

थर सिगर्सले १९ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाइन् । ओपनर स्टेरे कालिसले २९ रन थपिन् । इरिस ज्विलिङले १३ बलमा पाँच चौकासहित ३१ रन जोडिन् ।

नेपालकी कविता कुवँर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीचको यो पहिलो खेल हो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ ।

 

Comments (0)
Add Comment