काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो ।
यसअघि निगमले २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा रु तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।