नयाँ रङ्गशाला बनाउन सरकारसँग जग्गा माग

काठमाण्डौ ;  अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रङ्गशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

नयाँ रङ्गशाला निर्माण गर्न २२ लाख  अमेरिकी डलर विनियोजन गर्ने र रङ्गशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न सङ्घका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।

Comments (0)
Add Comment