काठमाडौँ: कैलालीको धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड २० लाख ३७ हजारले आन्तरिक आयमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा कुल २७ करोड ९२ लाख १५ हजार आन्तरिक आम्दानी गरेको उपमहानगरले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड १२ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ मा उपमहानगरले सम्पत्तिकरबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारी साधन कर छ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार रुपैयाँ आम्दानी भएको राजस्व शाखा प्रमुख ओझाले जानकारी दिए ।
ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति विक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी भएको छ ।व्यक्तिगत घटना दर्ता दस्तुर रु १६ लाख १८ हजार,नाता प्रमाणित दस्तुर रु चार लाख ८७ हजार,अन्य दस्तुरबाट नौ लाख ३६ हजार,प्रशासनिक दण्ड जरिवानाबाट रु ७४ लाख २९ हजार,व्यवसायबाट रु तीन करोड ९८ लाख ५६ हजार,अन्य राजस्व रु सात करोड ९२ लाख ३४ हजार,बेरुजुबाफत रु छ लाख ५८ हजार,सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार, विज्ञापन करबाट रु पाँच हजार र अन्यबाट रु नौ लाख १३ हजार यथार्थ आम्दानी भएको उनले जानकारी दिए ।