देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ: टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय वासिन्दाले उक्त घरपरिवारका लत्ताकपडा, भाँडावर्तन लगायतका सामान सुरक्षित स्थानमा स्थान्तरण गरेको हो ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी र मधेशका केही तथा बाँकी प्रदेशका धेरै स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

Comments (0)
Add Comment