दूध उत्पादक भुक्तानी नपाएपछि किसान निरुत्साहित

काठमाडौँ:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन बढ्ने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन्।

बगालेले भने, ‘अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन् तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन्।’ बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उनले बताए।सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताए। बाहिरबाट अनाधिकृत रुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो ।

Comments (0)
Add Comment