त्रिभुवन विमानस्थलमा १९ जना सवार सौर्यको जहाज दुर्घटना, दुई जनाको शव भेटियो

काठमाडौँ:  त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको हो ।

जहाजमा सवार दुई जनाको शव भेटिएको छ । जहाजमा सवार केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ । अहिले उद्धारको काम चलिरहेको छ ।

Comments (0)
Add Comment