काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।
प्रिमियरमा भएकाे भागदौडमा ३९ वर्षीया महिलाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ ।
प्रहरीले प्रिमियर भएकाे सन्ध्या थिएटर व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।
अर्जुनलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको हाे । उनी बिरुद्ध यही थानामा मुद्दा दर्ता गरिएको छ ।
अभिनेता अर्जुनलाई मजिस्ट्रेट समक्ष पेश गरिनेछ।
हैदरावाद पुलिस कमिश्नरको टास्क फोर्स र चिक्कडपल्ली पुलिस स्टेशनका अधिकारीहरू शुक्रबार अर्जुनको घरमा पुगेर उनलाई हिरासतमा लिएका थिए। अभिनेताले एफआईआरबाट आफ्नो नाम हटाउन तेलंगाना उच्च अदालतमा निवेदन दिएका छन् । तर अहिलेसम्म सुनुवाइको मिति ताेकिएकाे छैन् ।
सन्ध्या थिएटरका सञ्चालक र दुई कर्मचारी यसअघि नै पक्राउ परेका छन् ।