काठमाडौँ : गत दुई दिनमा ३ सय भन्दा बढी अफगान शरणार्थी परिवार पाकिस्तान र इरानबाट घर फर्केका छन् । गत नोभेम्बरदेखि दुई देशबाट करिव १० लाख अफगान शरणार्थीहरू फर्किएका बताएका छन् । जसमध्ये धेरै जसो कागजपत्रविहीन आप्रवासीहरू छन् । अफगानिस्तानको कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बसोवास अन्त्य गर्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन स्वदेश फर्किन बारम्बार आह्वान गर्दै आएको छ ।