ताप्लेजुङमा योगेश भट्टराई शौचालयमा थुनिएको भनिएको घटनाको वास्तविकता के हो?

काठमाडौँ : नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई ताप्लेजुङको कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका क्रममा ‘नो केबलकार’ समूहले विरोध प्रदर्शन गरेपछि शौचालयमा थुनिएको भन्ने समाचार सामाजिक सञ्जालमा फैलिएको छ। तर, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले भट्टराई स्वेच्छाले शौचालय गएका र प्रहरीद्वारा थुनिएको भन्ने कुरा असत्य भएको बताएका छन्।​

 

 

प्रत्यक्षदर्शीका अनुसार, विरोध प्रदर्शनका कारण सुरक्षाको दृष्टिले प्रहरीले शौचालयको ढोका बन्द गरेको हुनसक्ने अनुमान गरिएको छ। यसअघि पनि भट्टराईको गाडीमाथि ढुंगा प्रहार गरिएको थियो, जसमा गाडीको अगाडिको सिसा फुटेको थियो ।​

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा विवाद उत्पन्न भएको छ। भट्टराईले केबलकार निर्माणलाई ताप्लेजुङको समृद्धिका लागि आवश्यक भएको बताउँदै समर्थन गरेका छन् । तर, स्थानीय पहिचानवादी समूहहरूले यस परियोजनाको विरोध गर्दै आएका छन्, जसका कारण क्षेत्रीय अशान्ति र झडपहरू भएका छन्।

Comments (0)
Add Comment