काठमाडौँ: जलजला ७ धाइरिङ मिलन चोकका युवा किसान दीपक शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अङ्गालेको निर्वाहमुखी परम्परागत कृषि पेसालाई व्यावसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्मा गाउँपालिकाकै नमुना किसानको परिचय बनाउनुभएको छ ।
हरेक बिहान देखि अबेर शर्मा दम्पती तरकारी खेतीको काममा व्यस्त हुनुहुन्छ । शर्माको तरकारी खेतीमा पुग्दा शर्मा दम्पती काममा व्यस्त हुनुहुन्थ्यो । दीपक र सीता दुबै जना लामा बगर स्थित तरकारी खेतीको गोडमेल गर्दै हुनुहुन्थ्यो । ३८ वर्षीय दीपकले कृषि पेसामा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउनुभयो ।
उत्पादन भएको ताजा तरकारी लिन बेनीका व्यवसायीहरू घरमै आउने उहाँले बताउनुभयो । बेमौसममा उत्पादन गर्न सकेमा बेनीका व्यवसायीहरू घरमै लिन आउनुहुन्छ उहाँले भन्नुभयो, ‘‘घरबाट नै तरकारी बिक्री भएपछि बजार लैजाने ढुवानी रकम र समयको बचत भयो । बजार पुर्याएर बिक्री गर्नुपर्ने झन्झट पनि भएन ।’’
दैनिक रूपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रूपमा १२ देख १५ लाख रुपियाँ सम्मको तरकारी बिक्री गर्ने बताउनुहुन्छ । ‘‘कृषि पेसामा धेरै दुःख पनि छ,कमाई पनि छ । आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुसी लाग्छ । विदेश जाने सोच राखेर राहधनी बनाएर तर कृषि पेसालाई छाडेर जान मन मानेन ’’ शर्माले भन्नुभयो ।