काठमाडौँ :सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।
आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार रूपैयाँ पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ रूपैयाँ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा १० करोड रूपैयाँ कम हो ।
ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए।विसं २०७५ अघि छोटी भन्सारका रुपमा रहेको उक्त कार्यालय विसं २०७७ देखि ठाडी भन्सारका रुपमा रुपान्तरण भएको थियो । यहाँ खाद्य, पशुलगायतको क्वारेन्टिन छैन ।
‘खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन । सोही कारणले राजस्व सङ्कलनमा असर परेका हो,’ कार्यालय प्रमुख पाठकले भने ।
उनका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुई जना कर्मचारी कार्यरत छन् ।